Logo

बागमती पेज

१८ फाल्गुन २०८२, सोमबार

रङ्ग र प्रकृतिसँगै होलीको खुसी


चितवन – फागुन पूर्णिमाको पावन अवसरमा चितवनस्थित रिभर बैंक जंगल रिसोर्ट ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।

रिसोर्टका तर्फबाट जारी शुभकामना सन्देशमा होली पर्वले आपसी सद्भाव, एकता, मित्रता र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ। साथै सबैले सुरक्षित, मर्यादित र सभ्य रूपमा होली मनाउन आग्रह गरिएको छ।

रिसोर्टका जनरल म्यानेजर नवराज कुँवर ले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, रङहरूको पर्व होलीले हाम्रो जीवनमा खुशी, उत्साह र नयाँ उमंग भरेर ल्याओस्। यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। होली पर्वले आपसी सद्भाव र एकताको सन्देश फैलाओस् भन्ने मेरो कामना छ।

रिसोर्टले होलीको अवसरमा कुनै विशेष कार्यक्रम आयोजना नगरे पनि पर्वको महत्त्वलाई सम्मान गर्दै सम्पूर्ण पाहुना, पर्यटन व्यवसायी तथा शुभेच्छुकहरूमा शुभकामना प्रकट गरेको जनाएको छ।