Logo

मेघनाथ पहाडी

बैशाख १८, २०७९ आईतबार

सिङ्गो नगरको उदाहरण बनिन् सुमित्रा: पाइन् विपक्षी पार्टीको साथ !


काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै देशव्यापी रुपमा चुनावी माहोल तातेको छ । सत्ता पक्ष र विपक्षी दल बीच आपसी आरोप प्रत्यारोप लगाउँदै आएको सामाजिक संजालमा हेर्न र सुन्न समेत सकिन्छ ।

त्यसैबीच बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा भने नेकपा एमालेबाट अध्यक्ष पदको उम्मेदवार सुमित्रा त्रिपाठी पाण्डे उदाहरणिय बनेकी छन् । फरक पार्टीको उम्मेदवार भएपनी उनलाई सत्तापक्षका नेता कार्यकर्ताले भने सहयोग गर्दै आएका छन् । उनी सिंगो नगरको एक मात्र महिला वडाध्यक्ष पदको उम्मेदवार पनि हुन् ।

नाम उल्लेख नगर्नु भन्दै विपक्षी दलका स्थानीयले भने, महिला भएर मात्र हैन उहाँको विगतको नेतृत्व प्रति सन्तुष्ट र निर्वाचन पश्चात अध्यक्ष भएपछिका कामको आसा र भरोसा राखेर हामीले उहाँलाई समर्थन जनाएका हौं । हामी एमालेमा प्रवेश गरेका छैनौं ।

धेरै वडावासीको अनुरोध र नेतृत्वमा रहदाको आफ्नो अनुभव लिएर उनी जनतामाज पुनः आएकी हुन् । यस अघिको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी उनले ३ वर्ष कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सफलतापूर्ण ढंगले पुरा गरेको बताईन् । महिला अध्यक्ष हुँदा धेरै काम गर्न सहज भएको वडावासीको मुल्याङ्कनले समेत उनी थप उत्साहित बनेकी छन् ।

उनले बागमती पेज सँग भनिन्, ‘वडा भरिका अग्रज, महिलाहरु र सम्पुर्ण वडावासीको जनचाहना अनुसार मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ । सबै नेतृत्वमा पुरुषहरु मात्रै पुग्नुपर्छ भन्ने छैन, हामी महिलाहरुले पनि सफलतापुर्ण काम गर्न सक्छौ ।’

उनले थपिन्, यसको उदाहण विगतमा पनि दिए होला र अब अध्यक्षमा जितेपछि तपाई सम्पुर्णमा विस्वस्त पार्न चाहान्छु । यो उम्मेदवारी मेरो मात्र हैन देश भरिका नारीको पनि हो । अझ मेरो जित मेरो पार्टीको हैन सिङ्गो वडाको जित हुनेछ । जब महिला नेतृत्वमा पुग्न सकिदैन तब हामी सधै पछाडी पर्नेछौं । त्यसैले मलाई हैन कुनैपनि पार्टीको महिला नेतृत्वमा पुग्न आवश्यक छ ।

नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेपछि सिंगो नगरमा उनको चर्चा चुलिन शुरु भएको छ । ३ वर्षे कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सफलतापूर्ण ढंगले पुरा गरेको कामको मुल्यांकन गर्दै पार्टीले यस पटकको निर्वाचनमा महिला अध्यक्ष पदमा उनलाई उभ्याएको छ ।