Logo

मेघनाथ पहाडी

जेष्ठ ३, २०७९ मंगलबार

बूढानीलकण्ठको ईतिहासमा पहिलो महिला वडाध्यक्ष बनिन् सुमित्रा !


काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै देशव्यापी रुपमा चुनावी नतिजाले माहोल तातेको छ ।

यसैबीच बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेबाट सुमित्रा त्रिपाठी पाण्डे निर्वाचित बनेकी छन् । बूढानीलकण्ठ नगरको ईतिहासमा उनी पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी हुन् ।

विगतमा गरेको कामको मूल्याङ्कन गर्दै फरक पार्टीको उम्मेदवार भएपनी उनलाई सत्तापक्षका नेता कार्यकर्ताले सहयोग गर्दै आए । बूढानीलकण्ठ–९ मा उनले यस अघि समेत ३ वर्षे कार्यकालमा कार्यवहाक वडाध्यक्षको भूमिका सफलतापुर्ण ढंगले निर्वाह गर्दै आएकी हुन् ।

धेरै वडावासीको अनुरोध र नेतृत्वमा रहदाको आफ्नो अनुभव लिएर उनी जनतामाज आएकी थिईन् । त्यसैको परिणाम आज पुन: उनले विजय हासिल गर्न सफल भएकी छन् ।